काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोबीच छलफल भएको छ ।
बालुवाटार स्रोतका अुनसार सोमबार बिहान ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनीहरू बालुवाटार पुगेका हुन्।
सत्ता सहकार्यलगायतका विषयमा छलफल गर्न ठाकुर र महतो बालुवाटार पुगेका हुन्। जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने तयारी गरेको छ।
भेटमा जसपाका बाँकी माग सम्बोधनलगायतका विषयमा पनि छलफल भइरहेको जनाइको छ।