काठमाडाैं । चीनको दक्षिण क्षेत्रमा रहेकाे क्वाङदोङमा कोरोनाभाइरस संक्रमणको केस पुनः देखिएको छ ।
संक्रमण देखिएपछि याे क्षेत्रमा सोमबारदेखि यात्रा प्रतिबन्ध लगाइएको छ । विगत २४ घन्टामा संक्रमणका २० वटा नयाँ केस देखिएका छन् । बाहिरबाट संक्रमण आएको नभइ त्यहीँ नै संक्रमण फैलिएको बताइएको छ ।
प्रान्तीय सरकारले विमान, ट्रेन, बस र निजी कारबाट सोमवार राति १० बजेपछि क्वाङदोड बाहिर जाने मानिसलाई अनिवार्य रूपमा कोरोना जाँच रिपोर्ट देखाउन आदेश दिएको छ । राजमार्गमा ट्रक चालकहरूका लागि स्वास्थ्य जाँच केन्द्र बनाइने पनि घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।