काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका छन् ।
मंगलबार बसेका ठाकुर पक्षकाे बैठकले यादवलाई निष्कासन गर्ने निर्णय गरेकाे निकट स्राेतले जानकारी दियाे । यादव पक्षबाट ठाकुरसहित चार नेता निष्कासनको निर्णय गरेकाे केही समयपछि ठाकर पक्षकाे बैठक बसेकाे थियाे ।
मंगलबार नै उपेन्द्र यादव पक्षले ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्काशन गरेकाे थियाे । जसपामा केही समययता ठाकुर र यादव पक्षबीचमा एक अर्काविपरित निर्णय गर्ने र स्पष्टिकरणकाे माग गर्ने हाेडबाजी नै चलिरहेकाे छ । ठाकुर पक्ष सरकारकाे समर्थनमा छ भने यादव पक्ष सरकारकाे विपक्षमा रहेकाे छ ।