logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • जसपाको टकराव: पार्टी एक रहने सम्भावना टुट्यो

    जसपाको टकराव: पार्टी एक रहने सम्भावना टुट्यो

    2.1K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र दुई कित्तामा उभिएका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार एकले अर्कोलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेका छन्। निष्कासन गरेपछि पार्टी एक रहिरहने सम्भावना टुटेको हो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    सुरुमा यादवले ठाकुरलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिएको घोषणा गरे। त्यसलगत्तै ठाकुरले काउन्टर जबाफ दिँदै यादवलाई पार्टीबाट निष्कासन गरे। यादवले ठाकुरमात्र नभई उनी निकट राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि पार्टीबाट निष्कासित गरेका छन्। ठाकुरले भने यादवलाई मात्र कारबाही गरी निकालिएको घोषणा गरेका छन्।

    यसबारेमा दुबै पक्षले मंगलबार नै निर्वाचन आयोगलाई जानकारी गराएको छ। यादव पक्षले निर्वाचन आयोगलाई पठाएको चिठीमा दर्ता किताबबाट ठाकुरसहित ४ जनाको नाम हटाउन आग्रह गरेको छ। ठाकुर पक्षले आयोगलाई पठाएको चिठीमा दर्ता किताबबाट यादवको नाम हटाउन भनिएको छ।

    कारबाहीको प्रक्रिया पुर्‍याउन आइतबार दुवै पक्षले एकले अर्कोलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जबाफ दुवै पक्षले दिएको थिएन। यसअघि दुवै पक्षले यही जेठ ११ गते ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए। तीनदिने स्पष्टीकरणको जबाफ नआएपछि फेरि २४ घण्टे पत्र पठाइएको थियो।

    यादवले पार्टीबाट निकालेको घोषणा गरेलगत्तै नेताहरूले पहिला तयार पारेर राखिएको विज्ञप्ति र पत्रमा ठाकुरको हस्ताक्षर गराएका थिए। ठाकुरले हस्ताक्षर गर्नेबित्तिकै ठाकुर पक्षका नेताहरू निर्वाचन आयोग पुगेका थिए। त्यसभन्दा पहिले ठाकुरलगायतलाई गरिएको कारबाहीबारे जानकारी गराउन यादव पक्षका नेताहरू आयोगमा पुगेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend