काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनले उत्पादन गरेको अर्को खोप सिनोभ्याकलाई पनि आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
१८ वर्षमाथिका लागि बनेको यो खोप विभिन्न देशमा प्रयोगमा आइसकेको छ । दुईदेखि चार हप्ताको फरकमा यसको दोस्रो डोज लिन सकिने डब्लुएचओले जनाएको छ ।
सिनोभ्याक अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ। ब्राजिलमा यो खोप धेरै प्रभावकारी देखिएको बताइएको छ ।
यसअघि सिनोफर्मले उत्पादन गरेको खोपलाई डब्लुएचओले अनुमति प्रदान गरिसकेको थियाे ।