logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • ढुंगा, गिटी, बालुवा निकासी पहाडी क्षेत्रमा सम्भव छ, गर्नुपर्छ : सूर्य थापा

    ढुंगा, गिटी, बालुवा निकासी पहाडी क्षेत्रमा सम्भव छ, गर्नुपर्छ : सूर्य थापा

    2.8K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई दोहन भनेर प्रचार गरिनु नियोजित भएको आरोप लगाएका छन् ।

    बिहीबार बिहान ट्वीटरमा अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति पोष्ट गर्दै उनले लेखेका छन्, ‘चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित छ।’

    त्यस्तै उनले ढुंगा, गिटी, बालुवा निकासी पहाडी क्षेत्रमा सम्भव भएको र यो गर्नुपर्ने पनि दावी गरेका छन् । विभिन्न देशहरुले इन्थन बेचिरहेका बेला देशमा जे छ त्यो निर्यात गर्न सकिने उनको भनाई छ । ‘इन्धन भएका देशले डिजेल, पेट्रोल बेचिरहेका छन्, पानी, ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ। पहाडी क्षेत्रमा यो सम्भव छ र गर्नु नै पर्छ।’

    चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवालगायत सामग्रीको दोहन हुन नदिने गरी बजेटमा खानीजन्य उत्खननको व्यवस्था गरिएको प्रष्ट पारेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend