एजेन्सी । भारतको जम्मु-कश्मिरमा भारतीय जनता पार्टीका एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ।
बुधबार राति भाजपा नेता तथा त्राल नगरका पार्षद् राकेश सोमनाथ पंडितामाथि गोली प्रहार भएको जम्मु-कश्मिरका प्रहरी प्रमुख विजयकुमारका बताउका छन् ।
तीन जना अज्ञात बन्दुकधारीले हानेको गोली लागेर घाइते भएका पंडिताको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । गोली लागेर उनकी साथीकी छोरी पनि घाइते भएकी छन्। गम्भीर अवस्थामा रहेकी उनको अस्पतालमा उपचार जारी छ। आफ्ना साथीसँग भेटघाट गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको हो ।
यसअघि नै पंडिताले आफूलाई सुरक्षा खतरा रहेको बताउँदै आएका थिए । प्रहरीले उनको सुरक्षामा दुई जना अंगरक्षक खटाइदिएको थियो। तर, बुधबार राति भने उनी अंगरक्षक विना नै साथीलाई भेट्न गएका थिए ।
एक वर्षयतामात्रै जम्मु-कश्मिरमा पाँच जना भाजपा नेताको हत्या भएको छ।