logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • एमाले नेता विष्टको प्रश्न : पार्टी एकता जोगाउने प्रयासलाई किन र कसका लागि कमजोर पार्न खोजियो ?

    एमाले नेता विष्टको प्रश्न : पार्टी एकता जोगाउने प्रयासलाई किन र कसका लागि कमजोर पार्न खोजियो ?

    2.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशय भइरहेको बताएका छन् । केही सञ्चारमाध्यममा एमाले एकता जोगाउने प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम पनि जोडिएकामा आपत्ति जनाएका हुन्।  

    उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने आफूहरूको चाहना भएको बताउँदै लेखेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन्। एकताका लागि गरिएका इमान्दार पूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला।’

    विष्टसहित नेता माधवकुमार नेपाल पक्षका केही नेताले अध्यक्ष केपी शर्मा ओली पक्षका केही नेतासँग संवाद गरिरहेको र नेपाल पक्षकै नेताहरूले विष्ट ओलीतर्फ नै लाग्न सक्ने संकेत गरेका खबर आएका थिए। सोही खबरलाई खण्डन गर्दै विष्टले बिहीबार फेसवुकमा आफ्ना धारणा राखेका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend