काठमाडाैं । नेपाली बजारमा बिहीवार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो छापावाल सुन ४ सय रुपैयाँ बढेकाे हाे । बिहीवार तेजाबी सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीकाे मूल्य पनि बढेको छ । बुधबार प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।