काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
बालुवाटारमा बिहीवार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो । अब अर्काे सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएकाे हाे ।
यसअघि आइतवार र सोमवार पनि बैठक स्थगित गरिएको थियो भने मंगलवार बसेको बैठकले एमाले विवाद समाधानका लागि लचिलो हुने निर्णय गरेको थियो। बुधवार बोलाइएको बैठक बिहीवार सम्मका लागि सारिएको भए पनि आज फेरि बैठक स्थगित भएको छ ।