logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपालमा सञ्चालित कुनै पनि व्यवसाय नियम कानून संगत छैनन् – चन्द्र रिजाल

    नेपालमा सञ्चालित कुनै पनि व्यवसाय नियम कानून संगत छैनन् – चन्द्र रिजाल

    3.1K
    Shares

    काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटकीय हबको रुपमा परिचित  होटेल तथा व्यवसायिक क्षेत्र ठमेल, सुन्धारा, बसपार्कलगायतका ठाउँमा विदेशबाट आएका यात्रुलाई क्वारेन्टिन राख्न छुटाइएकाेमा व्यवसायीहरु असन्तुष्ट भएको बताएका छन् ।  

    पर्यटन मन्त्रालयबाट पेश भएको विषयलाई अन्य मन्त्रालयले तोडमोड गरी विषयलाई गहिरो ढंगले नबुझ्दा यो समस्या आएको भन्दै उनले नेपालमा कुनै पनि ब्यवसायले सरकारी नियम कानूनको पालना नगरेको धारणा व्यक्त गरे ।  

    रिजालले सामाजिक सञ्जालमा लेखेका छन्  ‘हामीले लामो समयदेखि निर्णय र कार्यान्वयन एकद्वार प्रणाली लागू गरौँ भन्यौँ तर सधैँ मनोमानी भयो । आज घना बस्तीका कारण कोरोना फैलिन सक्ने भन्दै ठमेल, सन्धारा, बसपार्क क्षेत्रलाई होटल क्वारेन्टिनबाट हटाइयो । नातावाद  कृपावाद भ्रष्टाचार कमिसनतन्त्रका कारण यो सब भएको हो किनकी काठमाडौंमा घना बस्ती नभएको ठाउँमा  कुनै होटल  नै छैनन् ।   बिना अनुसन्धान  पुरानो सोचका आधारमा काम गर्दा अर्थको अनर्थ भएको छ ।  यसरी न लक्षित वर्गलाई  राहत पुग्छ न त सोचे अनुसार काम हुन्छ, उपलब्धी श”न्य बाहेक केही हुन सक्दैन ।’

    यही विषयमा आज  मन्त्री तथा  सचिवसँग़ गम्भीर छलफल भएकाे र छलफल पश्चात् ठमेल, सुन्धारा, नयाँ बसपार्क, कलंकीको निश्चित क्षेत्रमा  बस्ती उठिसकेको र व्यवसायिक  क्षेत्र बनेको हुँदा तुरुन्त होटेल क्वारेन्टिनकाे लिस्ट  सच्याउने प्रस्ताव मत्रीपरिषदमा लैजाने निर्णय  भएको पनि उनले जानकारी दिए । उनले यसको लागि मन्त्री र सचिवकालाई धन्यवाद पनि व्यक्त गरेका छन्  । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend