काठमाडाैं । शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा समेत शुक्रबार ३५ रुपैयाँले गिरावट आएको छ । बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको महासंघले जनाएकाे हो ।