काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष शुक्रबार सरकारमा सहभागी हुने सम्भावना छ ।
आठ मन्त्री तथा दुई राज्य मन्त्रीसहित १० जनालाई मन्त्रिमण्डलमा सहभागी गराउने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच यसअघि नै सहमति भइसकेको छ । ठाकुर पक्षका केही नेतालाई शुक्रबार नै सरकारमा सहभागी गराउने अन्तिम तयारी भइरहेकाे ठाकुर पक्षका एक नेताले जानकारी दिए ।
हिजो चार घण्टा जति प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका नेताहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । त्यसपछि जसपाका नेताहरूले आन्तरिक छलफल गरेपछि जसपा अध्यक्ष ठाकुर फेरि बालुवाटार पुगेका थिए ।
मन्त्रीहरुको आकांक्षीमा राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा.सुरेन्द्र झा, उमाकान्त झालगायतका रहेका छन् ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्षले २६ सदस्यसहित बहुमत जुटाएको दाबी निर्वाचन आयोग समक्ष पेश गर्ने तयारी पनि गरेको स्राेतकाे दाबी छ ।