काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् ।
थापाले खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गर्न दिने सरकारको नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैसा भएको बताएका छन् । उनले खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासीका विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पार्नु पर्ने पनि बताएका छन् ।
शुक्रबार ट्वीट गर्दै उनले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका हुन् ।
उनले भनेका छन् ‘खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ’ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ । यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ। वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य हुँदैन ।’