logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • उपप्रधानमन्त्रीकाे अभिव्यक्तिबारे स्पष्ट गर्न प्रधानमन्त्रीसमक्ष नेपाल समूहकाे माग

    उपप्रधानमन्त्रीकाे अभिव्यक्तिबारे स्पष्ट गर्न प्रधानमन्त्रीसमक्ष नेपाल समूहकाे माग

    2.1K
    Shares

    काठमाडाैं । उपप्रधानमन्त्रीमा नियुक्त भएका जसपाका नेता राजेन्द्र महतोको अभिव्यक्तिको एमालेका माधव नेपाल समूहका नेताले विरोध गरेका छन् । नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकालि नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएका हुन् ।

    विज्ञप्तिमा भनिएकाे छ, ‘संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।’

    यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा भएकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

    उनीहरुले यस विषयमा स्पष्ट गर्नका लागिमा प्रधानमन्त्री ओलीसमक्ष माग पनि गरेका छन् । उनीहरुले भनेका छन् ‘उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend