२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागी पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्था फर्काउन तयार भएका छन्।
आइतवार अध्यक्ष ओलीले एकताका लागी आह्ववान सन्देश जारी गर्दै पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।
पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।