logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • एमाले एकताबारे गोकुल बास्कोटा भन्छन्: ‘बस्नेलाई श्रीसम्पत्ति, जानेलाई बाटो खर्च दुई मुठी सातु !’

    एमाले एकताबारे गोकुल बास्कोटा भन्छन्: ‘बस्नेलाई श्रीसम्पत्ति, जानेलाई बाटो खर्च दुई मुठी सातु !’

    3.2K
    Shares

    काठमाडौं । पूर्व मन्त्री तथा एमलो नेता गोकुल बास्कोटाले एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव अन्तिम भएको बताएका छन् । 

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार साँझ एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै नेपाल पक्षसमक्ष एकताका लागि ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्।

    यसै विषयलाई लिएर बास्कोटाले पछिल्लो एकताको प्रस्ताव अन्तिम भएको र यसमा सहमति नभए आआफ्ना बाटा लाग्नुपर्ने भन्दै चेतावनी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए। लास्ट प्रयास१ पारिवारिक मिलनको, नत्र बाक्लो दाल खाऊ।’

    उनले व्यङ्ग्यात्मक शैलीमा पार्टी भित्र बस्नेलाई केही जिम्मेवारी मिल्ने र जानेलाई दुई तीन मुठी सातुे विदा गर्ने उल्लेख गरेका छन् । 
    यस्तो छ उनको स्टाटसः
    ‘अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुई तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा। के गर्नुरु आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए। यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए। लास्ट प्रयास१ पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend