काठमाडौं । नेकपा एमालेका खनाल-नेपाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाइएको हो ।
आइतबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेपछि छलफलका लागि बैठक आह्वान गरिएको हो ।
खनाल-नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्न बैठक बोलाइएको बताएकी छिन् ।
ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको बताउँदै अदालतलाई प्रभावित पार्नेका लागि ओलीले एकताको नाटक मञ्चन गरेको उनको आरोप छ ।
ओलीले आइतबार ६ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका हुन् ।