काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेबाट निकालिएका नेता माधवकुमार नेपालसँगकाे छलफलपछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरेपछि प्रचण्ड र नेपालबीच छलफल भएको हाे । प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ ।
यही विषयमा छलफल गर्नका लागि प्रचण्ड देउवा निवास गएका हुन् । उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएकाे र १५ मिनेट मात्र भेट भएको स्रोतले बताएकाे छ ।