काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षमाथि उमेरका सबै नागरिकलाई निःशुल्क रूपमा कोरोना भाइरस संक्रमण विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।
सोमवार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले खोप लगाउन मिल्ने देशका सबै नागरिकलाई निःशुल्क खोप दिने घोषणा गरे । प्रधानमन्त्री मोदीले आगामी दिवालीसम्म देशका सबै गरीब नागरिकलाई निःशुल्क अन्न दिने घोषणा समेत गरेका छन् ।