काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टलाई एमाले नेता भीम रावलले बधाइ दिएका छन् । उनले विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ? भनी कटाक्ष समेत गरेका छन् ।
मुख्यमन्त्री भट्टलाई नेता माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए । २४ सांसद रहेको एमालेका ७ सांसद प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका थिए उनीहरूले भने मुख्यमन्त्रीमा भट्टलाई विश्वासको मत दिएनन् ।
मुख्यमन्त्रीमा भट्टले विश्वासकाे मत पाएपछि रावले ट्वीटमार्फत बधाई दिँदै लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई ।’ साथै उनले भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि !’