काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् ।
प्रदेशसभा बैठकमा गुरुङले गण्डकीलाई विकासतर्फ अगाडि बढाउनका लागि विश्वासको मत दिन आग्रह गरे । उनले भने, ‘विश्वासको मत जाहेर गर्नुहोस्, म गण्डकीलाई विकासतर्फ अगाडि बढाउनेछु ।’
आफ्नो कार्यकालका कामहरूबारे अधिक समय चर्चा गरेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाएमा सबैलाई एकतावद्ध बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । गुरुङ गत बैशाख २९ गते प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतामा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।