logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रदेश सांसद पदमा प्रचण्डकाे कारवाहीमा परेकी ज्वाला साहलाई ओलीले बनाए मन्त्री

    प्रदेश सांसद पदमा प्रचण्डकाे कारवाहीमा परेकी ज्वाला साहलाई ओलीले बनाए मन्त्री

    3.3K
    Shares

    काठमाडाैं । प्रदेश २ मा माओवादी केन्द्रले कारवाही गरेको नेतृ ज्वाला साह प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारमा मन्त्री बन्न लागेकी छिन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली विस्तार गर्न लागेको मन्त्रिमण्डलमा उनी कृषि मन्त्री बन्न लागेकी हुन् । 

    माओवादी केन्द्रको पूर्व केन्द्रीय सदस्य साह प्रदेश २ को प्रदेशसभामा सांसदमा निर्वाचित भएकी थिइन् । उनी बाराको क्षेत्र नं. ३ को कबाट सांसद पदमा निर्वाचित भएकी हुन् ।

    सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरेपछि साह ओलीतिर नै लागेको भन्दै माओवादी केन्द्रले साहसहित चार जनालाई कारवाही गरेका थिए । माओवादीबाट कारवाहीमा परेकी साह अहिले एमालेको प्रदेश २ अध्यक्ष छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend