काठमाडाैं । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई २४ घण्टाको समय दिएकी छन् । संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न समय दिइएको हाे ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि सांसदले आफूसँग बहुमत रहेको आधार प्रस्तुत गरेमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानको धारा १६८ (५) मा छ । पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको हो ।
कांग्रेसका कृष्णचन्द्र नेपाली (पोखरेल)ले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।