काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही व्यक्ति सरकारमा गए भन्दैमा पार्टी फुटेको भन्न नमिल्ने बताएका छन् ।
शुक्रबार नेता यादवले संसद भवनमा पत्रकारसँग कुराकानीका क्रममा भने ‘केही मान्छेले पार्टीको विधान उलंघन गरेका छन् । तर, जसपा अहिले पनि एउटै छ’ उनले भने, ‘पार्टीबाट निष्कासन गर्न कमिटी चाहिन्छ । केन्द्रीय कमिटीमा बहुमत चाहिन्छ ।’
यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने प्रदेश सरकारहरु विस्तारै ढल्दै जाने पनि बताए ।
यादवले सरकारमा जानेहरुले मधेश आन्दोलनलाई धोका दिएको टिप्पणी गरे । ‘केही मान्छेहरु पलायन भएर सरकारमा गएका हुन् । यो दुर्भाग्यपुर्ण छ, उहाँहरुले त्यो विस्तारै बुझ्नहुन्छ गलत बाटो हो भनेर । त्यो गलत बाटोले मधेश आन्दोलनलाई धोका दिन्छ । उहाँहरुको राजनीतिक जीवनलाई कलंकित गर्छ’ उनकाे भनाइ थियाे ।