काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न आज दिउँसो दुई बजे पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।
देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा संक्रमण कायमै रहे पार्टीको महाधिवेशन भदौमा कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।
पार्टी विधानको व्यवस्थाअनुसार आगमी भदौ भित्र महाधिवेशन गर्नैपर्ने कांग्रेसलाई बाध्यता छ । एक वर्ष थप अतिरिक्त समय लिएको कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको बढ्दो संक्रमणका कारण महाधिवेशन गर्न असहज बन्दै गएको छ।
तर, संस्थापन इतर पक्षले सभापति देउवाले पार्टी महाधिवेशन गर्न नचाहेको भन्दै दबाब बढाएका छन्।