काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सडकमा पनि राख्नुपर्ने संयमता संसदमा गुमाउनु नहुने भन्दै आत्मआलोचना गर्न पार्टीले निर्देशन गरेको उनले बताएका छन् ।
शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।
पार्टी प्रवक्ता शर्माले तर्कले आपत्तिजनक शब्द छोप्ने पार्टीको परम्परा नरहेको स्पष्ट पार्दै आवेगको बोलि र ब्यवहार ञभावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति नहुने बताएका छन् । उनले ट्वीटरमार्फत भनेका छन्, ‘सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न १ आवेगको बोलि र ब्यवहार ञभावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’
शुक्रबारको प्रदेशसभा बैठकमा वैद्यले भनेका थिए,’प्रधानमन्त्री ओली आफ्नो सत्ता बचाउन लिप्त देखिन्छन्। उनी आफ्नो सत्ता बचाउन जुन कुरामा पनि सम्झौता गरिरहेका छन्। हामीले ओलीको हातमा यसरी देश छोड्ने हो भने देशै खाइदिन्छन्। त्यसैले यो देश बचाउन नाथुराराम गोड्से आवश्यक पर्यो, यदि कोही बन्दैनन् भने मै बन्दिन्छु।’
सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न l शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ l तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन !
अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइनl
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 11, 2021