logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रधानमन्त्रीबारे विवादित अभिव्यक्ति दिएका नरोत्तम वैद्यलाई एमालेकै सासंदले दिए धन्यवाद !

    प्रधानमन्त्रीबारे विवादित अभिव्यक्ति दिएका नरोत्तम वैद्यलाई एमालेकै सासंदले दिए धन्यवाद !

    1.4K
    Shares

    काठमाडौं ।  नेपाली कांग्रेसका बागमती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिबारे चौतर्फी आलोचना भइरहँदा एमालेकै सांसदले भने सो अभिव्यक्तिलाई लिएर धन्यवाद दिएका छन्।  

    दाङको क्षेत्र नं.१ बाट निर्वाचित तथा नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका मेटमणी चौधरीले भनेका छन् ‘नरोत्तम वैद्यले दिएको अभिब्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य हो । नेपाली मनोविज्ञानलाई बागमती प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरेपनि तितो सत्य उजागर गर्नु भएकोमा म चाहिँ धन्यवाद भन्न चाहन्छु ।’ उनी माधव नेपाल खेमाका  सांसद हुन् । 

    उनले यो घटनामा वैद्यले माफी माग्नु नपर्ने बरु शाशकहरुले प्रणाली ध्वस्त गरेको र संविधान मिचेकोमा पश्चाताप गर्नुपर्ने बताएका छन् । ‘अदालतले बेठिक ठहर गरेको बिषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफि मागौँ र आगामी दिनमा गल्ती नगर्ने बिषमा प्रतिवद्धता जाहेर गरौँ । उनले भनेका छन् ।

    फेसबुकमा उनी अगाडि लेख्छन्, ‘अब जनताहरूका मनोविज्ञान बुझौँ, सो अनुसारको व्यवहार र आचरण देखाऔँ ।जनताहरूका मन जितौँ, गुमेको साख उठाऔँ । कसैसँग बदलाको भाव नराखौँ । यसैमा हामी सबैको कल्याण हुन्छ ।’

    शुक्रबार वैद्यले प्रदेश सभाको रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनिरहेको छ । कांग्रेसले तत्काल आत्मालोचना गरेर माफी माग्न निर्देशन समेत दिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend