logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • बागमती प्रदेशमा नेपाल पक्षका १४ सांसदमाथि अब कारबाही नहुने

    बागमती प्रदेशमा नेपाल पक्षका १४ सांसदमाथि अब कारबाही नहुने

    3.1K
    Shares

    काठमाडाैं । बागमती प्रदेशमा स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई नेकपा (एमाले)ले कारबाही नगर्ने भएको छ । शनिबार बसेको प्रदेश संसदीय दलको बैठकमा कारबाही नगर्ने जानकारी दिइएको हाे ।

    प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने विषयमा छलफल गर्न दुवै पक्षका सांसदको बैठक बसेको थियो । उक्त बैठकले सांसदमाथि कारबाही नगर्ने बताएकाे हाे । 

    बागमती प्रदेशमा ६ जेठमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमाले उम्मेदवार तत्कालीन गृहमन्त्री रामबहादुर थापा पराजित भएका थिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा निर्वाचित भएका थिए । 

    एमालेका उम्मेदवार थापालाई मत नदिएको भन्दै प्रदेश संसदीय बोर्डले १४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो । बोर्डको निर्णय अनुसार, नेपाल पक्षका सांसदहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोधिएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend