काठमाडाैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
जसपा महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र केन्द्रबाट पठाएको एक नेताकाे दाबी छ ।
यसअघि गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले पनि ३१ सांसदको हस्ताक्षरसहित उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।