logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • गुरुङकाे दाबी पेश भएपछि गण्डकीमा विपक्षी गठबन्धन धर्नामा 

    गुरुङकाे दाबी पेश भएपछि गण्डकीमा विपक्षी गठबन्धन धर्नामा 

    1.6K
    Shares

    काठमाडाैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश भएपछि विपक्षी गठबन्धनका सांसद सशरीर प्रदेश प्रमुख निवासमा पुगेका छन् । गठबन्धनका सबै ३१ जना सांसद प्रदेश प्रमुख सीता पौडेलको सरकारी निवासमा पुगेर धर्नामा बसेका छन् । 

    नेकपा (एमाले) संसदीय दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसद धर्नामा बसेका हुन् । उनीहरूले मुख्यमन्त्री गुरुङले गरेको दाबी असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।

    केहीबेर अघि मुख्यमन्त्री गुरुङले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य र जनमोर्चाले कारबाही गरेका कृष्ण थापाको हस्ताक्षरसहित पत्र प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष बुझाएका थिए । 

    शुक्रबार विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले ३१ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend