यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासकाे मत प्राप्त गर्न नसकेपछि शुक्रबार विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले ३१ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए ।
काठमाडाैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । उनले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।