काठमाडाैं । आगामी भदौको ७ देखि १० गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति सरेको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ औं महाविधेशनको मिति सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गरी महाधिवेशनको मिति ९ दिन पर सारेको हो । कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ ।
यसअघि असार ६ गते हुने भनिएको गाउँ/नगर वडा अधिवेशन अब साउन ६ गते हुने छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ ।