काठमाडाैं । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् ।
मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ । घिमिरेले तीन वर्ष गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता बनेर आफ्नो जिम्मेवारी निर्वाह गरेका हुन् ।