काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का एक अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएका अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण सोधेका छन् ।
अध्यक्ष यादवले राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टी स्पष्टीकरण सोधकाे जसपा निकट स्राेतले बताएकाे छ ।
यसअघि अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाट निष्कासन गरेका थिए भने लगत्तै अध्यक्ष ठाकुरले पनि यादवलाई पार्टीबाट निकालेका थिए ।
दुवै पक्षले निर्णय अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरेका थिए । उनीहरुको निर्णय अमान्य भएको आयोगले बताइसकेकाे छ । यही अवस्थामा पुन यादवले ठाकुर पक्षसँग स्पष्टीकरण माग गरेकाे छ ।