काठमाडौं । सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि आज बजेट प्रस्तुत गर्ने भएको छ ।
असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलार्ई संंवैधानिक बाध्यता छ । सोही अनुसार सबै प्रदेशले बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
आज प्रदेश १ र बागमती प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्दैछ। प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ ।
त्यस्तै गण्डकी प्रदेशमा बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने तयारी छ ।