logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतमा कोभिडको अर्को नयाँ भेरियन्ट पुष्टि 

    भारतमा कोभिडको अर्को नयाँ भेरियन्ट पुष्टि 

    1.4K
    Shares

    एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड १९)को अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ । 

    डेल्टा भेरियन्टसँग मिल्दोजुल्दो अर्को भेरियन्ट पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएका छन् । नयाँ भेरियन्ट निकै संक्रामक रहेको बताइएको छ । 

    कोभिड १९ को खोप कार्यक्रम चलिरहेका बेला राष्ट्रिय विशेषज्ञ समूहका प्रमुख विके पालले भारतमा दुई दिनअघि मात्रै नयाँ भेरियन्ट पुष्टि भएको बताए । 

    नयाँ भेरियन्टबारे अहिलेसम्म धेरै थाहा नभएको भन्दै उनले थप अध्ययनमा भारत जुटेको जानकारी पनि दिए । 

    भारतले ठूलो मात्रामा कोभिडविरुद्धको खोप उत्पादन गरिरहेकाले नआत्तिन पनि उनले सबैलाई अनुरोध गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend