पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन्।
जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले आउँदो शुक्रबार नै विश्वासको मत लिने तयारी गरेका हुन्।
मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेका हुन्।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएपछि मत्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।