काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपा को अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक विहान साढे ११ ३० बजे पार्टी कार्यालय बालकुमारीमा सुरु हुनेछ। बैठकमा निर्वाचन आयोगविरुद्ध अदालत जाने विषयमा निर्णय हुने कार्यकारिणी समिति सदस्य प्रदीप यादवले जानकारी दिए।
आजको बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुने यादवले बताए ।
महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेतालाई गरिएको कारवाही निर्वाचन आयोगले मान्यता नदिएपछि अध्यक्ष उपेन्द्र यादवले आयोगविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने यसअघि नै बताएका छन्।