काठमाडौं । सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको छ ।
बिहीबार सुन तोलाको ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार एक सय रुपैयाँ घटेर सुन तोलाको ९३ हजा १ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि केही घटेको महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । बिहीबार चाँदी तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।