भारत गुजरातको साबरमती नदीमा कोरोना भाइरस भेटिएको छ।
गुजरातको अहमदाबादको बीचबाट बग्ने साबरमतीको पानीको नमूना परीक्षण गर्दा कोरोना पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यस्तै कांकारिया र चंदोला तालमा पनि कोरोना भाइरसको लक्षण भेटिएको छ। प्रकृतिक रुपमा बहेको पानीमा कोरोनाको लक्षण भेटिएसँगै चिन्ता थपिएको अनुसन्धानकर्ताले बताएका छन्।
साबरमती नदीको पानीको नमूना परीक्षणमा सहभागी प्रोफेसर मनिष कुमारले परीक्षणको क्रममा लिएको पानीको नमूनामा कोरोना भाइरस भेटिएको पुष्टि गरे। उनका अनुसार सन् २०२० को सेप्टेम्बर ३ देखि डिसेम्बर २९ सम्म लिइएको नमूना परीक्षण गरिएको हो।
साबरमती नदीबाट ६९४, कांकरिया तालबाट ५४९ र चन्दोल तालबाट ४०२ नमूना लिएर परीक्षण गरिएको उनले जानकारी दिए। यी सबै नमूनामा कोरोना भाइरसको जीवाणु भेटिएको उनको भनाइ।
यो अध्ययनले प्राकृतिक जलमा पनि भाइरस जिउँदै रहने देखाएको भन्दै अनुसन्धानकर्ताले अरु पानीको स्रोतको पनि परीक्षण गर्नुपर्ने बताएका छन्।