logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • नेपाली स्वास्थ्यकर्मीको कामकाे डब्लूएचओका महानिर्देशकले गरे प्रशंसा 

    नेपाली स्वास्थ्यकर्मीको कामकाे डब्लूएचओका महानिर्देशकले गरे प्रशंसा 

    1.4K
    Shares

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रियसले नेपाली स्वास्थ्यकर्मीको कामकाे प्रशंसा गरेका छन्।

    उनले असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहयाेगमा खोला तारेको भ्याक्सिन क्यारिअरको भिडियो रिट्वीट गर्दै नेपाली स्वास्थ्यकर्मीको कामकाे प्रशंसा गरेका हुन् । 

    स्वास्थ्यकर्मीले भ्याक्सिन क्यारिअर पाइपको साहरामा तारेको भिडियो रिट्वीट गर्दै उनले स्वास्थ्यकर्मीले अरुको ज्यान जोगाउन गरेको दुखको प्रशंसा गरे । तर धेरै ठाउँमा स्वास्थ्यकर्मीले अझै खोप नपाउनु दुख भएको उनको भनाइ छ । 

    ‘जीवनलाई बचाउन स्वास्थ्यकर्मीले कति प्रयत्न गर्छन् भन्ने दृश्य हो यो । विभिन्न ठाउँमा यी नायकहरुलाई अहिलेसम्म खोप नलगाइनू के निश्पक्ष छ त ?’, टेड्रोस लेख्छन्, ‘खोपको समान वितरणका लागि हामीले हाम्रो शक्ति प्रयोग गर्नु जरुरी छ । अहिले होइन भने कहिले गर्ने त ?’

    विश्व स्वास्थ्य संगठनले यसअघि पनि नेपाललाई तत्काल खोप आपूर्ति गर्न ठूला राष्ट्रहरुलाई आग्रह गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend