logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो, खोप नहुँदा समस्या 

    ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो, खोप नहुँदा समस्या 

    2.7K
    Shares

    ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । मार्च महिनायता दैनिक १५ सय बढीको कोरोनाले मृत्यु हुँदा ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको हो ।

    कोरोनाविरुद्धको खोप कार्यक्रममा ढिला हुँदा मृत्युदर बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । खोप अभियानलाई तिब्रता नदिए मृत्युदर अझै बढ्न सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

    अहिलेसम्म १५ प्रतिशत युवाले मात्रै पूर्ण रुपमा खोप पाएकाले अवस्था चिन्ताजनक भएको उनीहरुको भनाइ छ । राष्ट्रपति जेयर बोलसोनारोले सामाजिक दुरी लगायत स्वास्थ्य मापदण्ड अपनाउन अस्वीकार गरेपछि भाइरस तीव्रगतिमा फैलिएको हो ।

    ब्राजिलमा पछिल्लो एक हप्तामा दैनिक ७० हजार बढीमा संक्रमण पुष्टि भइरहेको छ । विश्वभर १७ करोड बढीमा कोरोना पुष्टि हुँदा ब्राजिलमा मात्रै १ करोड ७८ लाखमा संक्रमण पुष्टि भएको छ ।

    ब्राजिलमा अहिलेसम्म १ करोड ६१ लाख संक्रमित निको हुँदा ५ लाखको ज्यान गएको हो । संक्रमित धेरै भएको देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा रहेपनि ज्यान गुमाउने देशको सूचीमा दोस्रो स्थानमा रहेको हो ।

    ब्राजिलअघि अमेरिकामा ६ लाख बढीको मृत्यु भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend