काठमाडाै । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वटा कम्पनीको शेयर कारोबार जोमिखपूर्ण भएको बताएपछि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेदन्जका अनुसार साताको पहिलो दिन ६३.२८ बिन्दुले ओरालो लागेर नेप्से दुई हजार ९०५.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६१ बिन्दुले घटेर ५२८.५१ मा सिमित भएको छ ।
कूल २१७ कम्पनीको दुई करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ मा खरिद बिक्री भएको छ । आइतबार कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ३६ अर्ब ३९ करोड १५ लाख ५० हजारको हाराहारीमा रहेको छ ।
आइतबार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३५.४२, व्यापार ९८.४८, होटल तथा पर्यटन ८८।५८, विकास बैंक १०१।०९, वित्त ८०.०४, निर्जीवन बीमा २७८.२५ , उत्पादन १४९.५, अन्य ५१.०३, लघुवित्त ११७.६४, जीवन बीमा ३१०.९४, सामूहिक लगानी कोष ०.२ र लगानी २.२८ बिन्दुले घटेका छन् ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ८० करोड ९९ लाख ९९ हजार ७७९ बराबरको कारोबार भयो । यस्ते, नेपाल इन्स्योरेन्स कम्पनी ४३ करोड दुई लाख ५५ हजार ७७०, नेशनल हाइड्रो ३३ करोड ७३ लाख ५४ हजार २२७, एनएलजी इन्स्योरेन्स २८ करोड दुई लाख ९२ हजार ६१८ र हिमालयन डिस्टिलरी २४ करोड ६६ लाख ९३ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
गोर्खाज फाइनान्स ५.४१, नेशनल हाइड्रो पावर ३.३६, रुरु जलविद्युत् परियोजना ३.१६, तारागँउ रिजेन्सी होटल २ र एनआइसी एशिया ऋणपत्र २०८३ का लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, यूनियन हाइड्रोपावर ९.८१, श्री इन्भेस्टमेन्ट ८.८४, बरुण हाइड्रोपावर ८.७३, नेपाल हाइड्रो डेभलपमर ८.७० र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.८९ प्रतिशतले गुमाएका छन् ।