logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • सडक नहुँदा हेलम्बुमा राहत पुर्‍याउन समस्या

    सडक नहुँदा हेलम्बुमा राहत पुर्‍याउन समस्या

    2.8K
    Shares

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा राहत लैजान समस्या भएको छ । मेलम्ची नगरपालिका केही र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेकाले असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षती पुर्याएकाे हेलम्बुमा राहत सामग्री लैजान समस्या भएको हो ।

    बाढीले मेलम्ची नगरपालिकाको सिमखेतमासडक कटान गरेको छ । त्यहाँ आइतबारबाट मात्रै सडक सुचारु भएको छ । सडक नबन्दा हेलम्बु गाँउपालिकाको सिमानासम्म पनि सडकमार्गबाट राहत लैजान सकिएको थिएन । सो स्थानमा सडक सुचारु हुँदा हेलम्बु गाँउपालिकाको चनौटेसम्म यातायात सञ्चालन गर्न सकिन्छ ।

    चनौटेमा रहेको रातोपुल पनि जोखिमयुक्त भएपनि यातायात भने सञ्चालन भइरहेको छ । हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके राहत र पुनस्थापनाको काममा सजिलो हुने बताए ।

    जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको लागि भन्दै एकद्वार नीति लागु गरेको छ । जसअन्तर्गत दाताले ल्याएको सबै राहत सामाग्री मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ । तर ति सामग्री प्रभावितले पाएका छैनन् ।

    हेलम्बु गाउँपालिकामा लैजान दाताले ल्याएको राहत सामग्री समेत मेलम्चीमा नै रोक्ने गरिएको छ । हेलम्बुमा भने हेलिकोप्टरबाट पुर्याइएका सामग्रीको मात्रै भर पर्नुपर्दा बाढी प्रभावितले आधारभुत आवश्यकताका सामग्री समेत पाउन सकेका छैनन् ।

    हेलम्बु गाँउपालिका भित्रका ६ वटा झोलुङ्गे पुल र ३ वटा पक्की पुल बाढीले पूर्ण क्षती भएको छ । बाँकी रहेको एउटा रातोपुल पनि उच्च जोखिममा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend