logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतमा ८८ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित पहिचान

    भारतमा ८८ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित पहिचान

    2.3K
    Shares

    काठमाडाैं । भारतमा ८८ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित पहिचान भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५३ हजार २५६ जनामा संक्रमण देखिएको हो । हाल भारतमा संक्रमण दर कम भइरहेकाे छ । 

    यस्तै, ७८ हजार १९० जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् । याेसहित सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख २ हजार ८८७ पुगेको छ ।

    कोभिड १९ संक्रमणका कारण थप १ हजार ४३३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा २ करोढ ९९ लाख ३५ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ लाख ८८ हजार १३५ जनाको मृत्यु भइसकेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend