logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • युरोकप : इंग्ल्याण्ड समूह विजेता, हारपछि पनि चेक रिपब्लिक नकआउट चरणमा प्रवेश

    युरोकप : इंग्ल्याण्ड समूह विजेता, हारपछि पनि चेक रिपब्लिक नकआउट चरणमा प्रवेश

    2.3K
    Shares

    एजेन्सी । चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

    मंगलबार राति समूह चरणको अन्तिम खेलमा रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।

    ज्याक ग्रेलिसको पासमा खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन् । जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो ।

    जितपछि ३ खेलबाट ७ अंक जोड्दै इंग्ल्याण्ड समूह विजेता बन्यो । अब इंग्ल्याण्डले समूह ‘एफ’को उपविजेतासँग अन्तिम १६ मा खेल्नेछ ।

    उता हारपछि पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend