अस्ट्रेलियाले पीआर पाउने व्यवस्था परिवर्तन गरेको छ । अस्ट्रेलियाली सरकारले नयाँ व्यवस्था बनाएसँगै स्थायी बासिन्दाको अनुमति (पीआर) लिन सहज हुने भएको छ ।
अब उच्चशिक्षा अध्ययन गरेका विदेशी नागरिकले छिटो प्रक्रियाबाट पीआर लिन सक्नेछन् । जसअनुसार नर्सिङ, सामाजिक कार्यकर्ता, चिकित्सक, आईटी, इन्जिनियरिङ, सर्भे, सेफ, विभिन्न एकाउन्टिङ लगायत २२ वटा विषयमा अध्ययन गरेको विदेशीलाई पीआर लिन सजिलो हुने भएको हो ।
कोरोना भाइरसका कारण दक्ष कामदारको अभाव हुन थालेपछि सरकारले यो निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।