logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • युरोकप २०२०: बराबरीको खेल खेल्दै फ्रान्स र पोर्चुगल दुवै नकआउट चरणमा

    युरोकप २०२०: बराबरीको खेल खेल्दै फ्रान्स र पोर्चुगल दुवै नकआउट चरणमा

    2.2K
    Shares

    काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेलेका छन् । 

    युरोपेली च्याम्पियन पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । विश्व च्याम्पियन फ्रान्सका तर्फबाट करिम बेन्जेमाले दुई गोल गरे । 

    खेलमा तीन गोल पेनाल्टीबाट भएको थियो । जसमा रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका थिए ।

    हंगेरीको पुस्कास एरेनामा भएको खेलको ३१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पहिलो पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा फ्रान्सका करिम बेन्जामाले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

    ४७औं मिनेटमा बेन्जामाले गोल गर्दा फ्रान्सले अग्रता बनायो तर ६०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमै गोल गर्दै खेल बराबरी गरे ।

    रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend