दक्षिण अफ्रिकामा एकैसाथ १० शिशुको जन्म भएको खबर झुटाे भएको पाइएको छ ।
केही हप्ताअघि खुसीयामी सिटोले नामकी महिलाले एकैपल्ट १० सन्तान जन्माएको खबर सार्वजनिक भएको थियो । तर यो खबरमा कुनै सत्यता नभेटिएको बीबीसीले जनाएको छ ।
गौतेग प्रान्तका अधिकारीले अहिलेसम्म सबै राज्यको कुनै पनि अस्पतालमा दश शिशुले एकैसाथ जन्म लिएको रेकर्ड प्राप्त नभएको खबरमा उल्लेख छ । सिटोले केही समय अघिसम्म गर्भवती समेत नभएको पाइएको अधिकारीले बताएका छन् ।
३७ वर्षिया महिलाको मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ । उनले एकैसाथ १० सन्तान जन्माएको भनेर किन हल्ला फिजाइयो भन्ने बारेमा केही खुलाइएको छैन ।
यसअघि जुन ७ मा सिटोलेले स्टेभ बिको ऐकेडेमिक अस्पतालमा उनले एकैपल्ट १० सन्तान जन्माएको खबर सार्वजनिक भएको थियो ।